काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको म्यादी जीवन बीमाको बीमा शुल्कको भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको छ । कम्पनीले यस सेवो गतबर्ष देखि दिँदै आएको छ ।
नेपालीहरु व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको लागी जाँदा गरिने म्यादी जीवन बीमा वापतको बीमा शुल््क बुझाउने सुविधा र सो सुविधालाई थप विस्तार गर्दै म्यानपावर मार्फत वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमा शुल्क भुक्तानी खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको हो ।
शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको कम्पनीले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने यस व्यवस्था सुचारु गरेको हो ।
बीमालेख जारी गर्न Khalti को वेबसाईट वामोबाईल एप बाट Popular Government Services मागई DOFE Insurance छानेर DOFE Insurance (Manpower) वा DOFE Insurance (Individual) रोजेर बिवरण हरु भरि जारी गर्न सकिनेछ ।
कम्पनीले सुचारु गरेको यस सेवामार्फत सेवाग्राहीले काउन्टरमा गई बीमा शुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीले जनाएको छ ।