Connect IPS
IME Life

गभर्नर सँग बैंकर्स संघका नव नियुक्त पदाधिकारीको भेटघाट, ८ बुँदे सुझाव पेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स संघका नवनियुक्त पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले गभर्नर सँग भेटघाट गरेका छन् । संघका नवनियुक्त अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघको तर्फबाट वित्तीय सुशासन, सबलिकरण र अभिबृद्घिमा आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्घता जनाएका थिए ।

भेटघाट कार्यक्रममा बैंकर्स संघले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षालाई दृष्टिगत गर्दै संघको तर्फबाट अध्यक्षले ८ बुँदे सुझाबहरु पेश गरेका थिए । गभर्नरले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Prabhu
Crest

पछिल्लो समयमा भएको उच्च कर्जा बृद्घि तर्फ संकेत गर्दे गभर्नर अधिकारीले बैंकहरुलाई संयमित हुन आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति/निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन दिदैं प्रथम त्रैमासिक समीक्षाका लागि पेश गरिएका सुझाबहरु उपर आन्तरिक छलफल गरी उचित सुझाबहरु कार्यन्वयन गरिने आश्वासन समेत दिए ।

कार्यक्रममा डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु लगायत राष्ट्र बैंकका उच्च पदाधिकारीहरु तथा संघका तर्फबाट नयाँ कार्य समितिका पदाधिकारीहरुको उपस्थिती थियो ।

सुझाबहरु

(१) पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै CD Ratio, Liquidity Ratio, CRR लगायतका विषयमा केही लचकता अपनाउने ।

(२) ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र/विधि पुनरावलोकन गर्ने ।

(३) निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने ।

(४) SME Bond लगायत Convertible Debenture, Perpetual Debenture आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने ।

(५) पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने ।

(६) भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्ने ।

(७) Digital banking लाई प्रोत्साहन गर्न Fintech कम्पनीलाई सहायक कम्पनीको रुपमा  स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने ।

(८) बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान  गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने    व्यवस्था गर्ने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS