काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा प्रगति गरेको छ ।
१ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २५ करोड ८३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २३ करोड ५४ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको बीमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७० करोड ५७ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको छ ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । गत आर्थिक वर्षमा २२ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव १० प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको खुद नाफा ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५करोड ६३ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १६ प्रतिशतले बढी हो ।
त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३७ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २०१ रुपैयाँ रहेको छ ।