Connect IPS
IME Life

अजोड इन्स्योरेन्सको खुद दाबी भुक्तानीमा शत प्रतिशत बृद्धि हुँदा नाफामा भने गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७९ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ११ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ करोड ८१ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष बढेको हो ।

Prabhu
Crest

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १० करोड १५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ९३ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा १० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० दशमलव ४६ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ९८ दशमलव ८४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ४० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२२ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS