IME Life New

सिटिजन लाइफले गर्यो लिडर्सहरुलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टोखा शाखामा लिडर्सहरुलाई सम्मान गरेको छ । टोखा नगरपालिका वडा ७ स्थित दियालो फुडल्याण्डमा सिटिजन लाइफ इन्स्योरेन्सले आयोजना गरेको लिडर्स सम्मान कार्यक्रममा कम्पनीले जीवन बीमाको क्षेत्रमा योगदान गरेका लिडर्सहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सको लिडर्स सम्मान कार्यक्रमको उद्घाटन टोखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रूपमा गरे ।

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्स तालिम बिभाग प्रमुख कुबेर पाठकले इन्स्योरेन्स,इन्स्योरेन्स बिक्री पोलिसीको बिषयमा केन्द्रीत रहेर सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

कार्यक्रमको टोखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोलले आफू पनि कुनै समय एक इन्स्योरेन्स कम्पनीको अभिकर्ता भएको बताउदै निर्जीव सवारी साधनको चै बीमा गर्ने मान्छे मरिसके पछि के को बीमा भन्दै बीमा नगर्ने गरेको बताइन् । चेतनाको कमि भएको त्यसमाथि सरकारी बीमा कम्पनीले समेत यो बिषयमा बुझाउन चासो नदिएको अवस्थामा टोखामा आउने हरेक बीमा कम्पनीहरुले सहि सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिइन्।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले कर्पोरेट क्लबको बारेमा कक्षा संचालन गर्दै उहाँले आफ्नो विचार प्रष्ट पारे । प्रमुख कार्यकारी अधिकृत पौडेलले नयाँ कम्पनी हुनाले प्राविधिक रूपमा कम्पनीलाई फाइदा भइरहेको बताए । कम्पनीले प्रयोग गरेको प्रविधि नयाँ छ । स्थापित भएका कम्पनीहरूले प्रयोग गरिरहेको प्रणाली परिवर्तन गर्न चुनौती रहन्छ । सिटिजनलाई त्यस्तो अप्ठ्यारो छैन ।अहिले प्रतिस्पर्धी कम्पनीहरू धेरै भएकाले कम्पनीबीच प्रतिस्पर्धा भैरहेकोले त्यसबाट चेतना वृद्धि गर्न पनि सहयोग पुगेको बताए ।

कार्यक्रममा कम्पनीले जीवन बीमाको क्षेत्रमा योगदान गरेका डाईमण्ड क्लब , गोल्ड क्लब , सिल्भर क्लब र गतवर्षका एजेन्सी मेनेजरहरु गरि नयाँ धमाका एजेन्सी मेनेजर ३० जनालाई सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख बिष्णु प्रसाद सापकोटा लगायत सम्पुर्ण टिमले उत्कृष्ट लिडर्सहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

कार्यक्रममा टोखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल, सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, कम्पनीका क्षेत्रीय शाखा प्रमुख बिष्णु प्रसाद सापकोटा,कम्पनीको तालिम बिभाग प्रमुख कुबेर पाठक,माइक्रो क्रेडिट प्रमुख रिता पाठक,सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार अधिकृत भूषण रिमाल,सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलको साथै डाईमण्ड क्लब , गोल्ड क्लब , सिल्भर क्लबका लिडर्सहरु गरि एजेन्सी मेनेजरहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS