काठमाडौं । सिभिल लघुवित्तले १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडैंमा सम्पन्न भएको कम्पनीले बताएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।