काठमाडौं । बैंकहरुले आफु सँग रहेको निक्षेपको लागि पुनः बोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित व्याजदरमा ०.१ प्रतिशत विन्दुसम्म थप गरी निक्षेप संकलन गर्न पाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक पटकमा व्याजदर बढाउदा अधिकतम १० प्रतिशतले मात्रै परिवर्तन गर्न समेत निर्देशन दिएको छ ।
बैंकहरुले मंसिर महिनामा व्याजदर निर्धारण गर्नु पर्व एकिकृत निर्देशन संसोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो । राष्ट्र बैंकले कार्तिक पहिलो सातामा बैंकहरुलाई एक पटकमा १० प्रतिशतले मात्रै बृद्धि गरी व्याजदर कायम गर्न निर्देशन दिएको थियो ।