IME Life New

आइएमई लाइफद्धारा ५ लाख २६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका वडा न १०, निबासी गजेन्द्र तामाङको परिवारलाई ५ लाख २६ हजार ७ सय ६० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

स्व.तामाङको कोरोना भाइरस संक्रमणको कारण धनकुटा जिल्ला अस्पतालमा उपचारको सिलसिलामा गत साउन २० गते असामयिक निधन भएको थियो। कम्पनीले उक्त दाबि भुक्तानी चेक बीमित स्व. गजेन्द्र तामाङको धर्मपत्नी श्रीमती रिता तामाङलाई स्थानीय जनप्रतिनिधि, अभिकर्ता र बीमितहरुको उपस्थितिमा म्याङ्लुङ न.पा. को नगर प्रमुख सन्जय कुमार तुम्बाहाम्फे र बिराटचोक शाखा प्रमुख यामनाथ दाहालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा नगर प्रमुख तुम्बाहाम्फेद्वरा जिबन बिमा गर्नु अपरिहार्य रहेको र यसले बिमितको मृत्यु भएको खण्डमा निजको परिवारलाई बुढेसकालमा लठ्ठीले सहारा दिएजस्तै बीमाले पनि सहारा दिने धारणा राखे ।

त्यसैगरी स्व. तामाङको धर्मपत्निद्वरा बिना झन्झट, सरल र सहज रुपमा मृत्यु दाबि दिएको भन्दै आइएमई लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिइन र प्राप्त रकमलाई छोरीहरुको शिक्षा र उन्नत भविष्यको लागि लगानी गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS