IME Life New

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा १० जनाको आवेदन, ब्रोकरदेखि व्यवसायिका प्रतिनिधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । अर्थमन्त्रालयले बोर्डको अध्यक्षका लागि खुलाएको आवेदनमा बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईदेखि लिएर नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृतसम्मका व्यक्तिहरु रहेका छन् ।

आजसम्म खुला रहेको आवेदनमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया, नेपाल राष्ट्र बैंकका पूर्व कारयकारी निर्देशक डा. गोपाल भट्ट, आइक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्य, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई र अनिल पौडेलको आवेदन परेको हो ।

Esewa
Crest

अर्थमन्त्रालयले निवर्तमान अध्यक्ष भिष्मराज ढुङ्गानालाई निलम्बन गरे सँगै उनको बाँकी कार्यकालका लागि कार्तिक ११ गते सार्वजनिक सूचना मार्फत आवेदन आह्वान गरेको थियो । यसका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको अध्यक्षतामा अर्थसचिव मधु मरासैनी र विज्ञ सदश्य डा. नारायण प्रसाद पौडेल सहितको तीन सदस्य छनोट तथा सिफारिस समिति गठन गरेको थियो ।

अवको केहि दिन भित्रमा यहि समितिले अध्यक्षको सिफारिस गर्नेछ । यसमा ब्रोकरले अगाडी सारेका व्यक्तिदेखि लिएर विभिन्न व्यवसायिक घरानाले अगाडी सारेका व्यक्तिहरु रहेका छन् । धितोपत्र बोर्डको अध्यक्ष आफु अनुकुल बनाउन सकियो भने कमोडिटी एक्सचेन्जदेखि ब्रोकर लाइसेन्ससम्म हुत्याउन सकिन्छ भन्ने ध्याउन्नमा व्यवसायीहरु छन् । अर्को तर्फ चुनावी सरकारले चुनाव खर्च जोहो गर्ने बलियो माध्यम बनाउने अवसर मिलेको जानकारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS