Connect IPS
IME Life

दशै पछि ३४३ अंकले सुधारिएको नेप्से तिहार पछि १६७ अंकले घट्यो, राष्ट्र बैंकलाई दवाव दिन बजार घटाउदै  (विश्लेषण)  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ठुला लगानीकर्ताले मौद्रिक नीतिमा दवाव दिनका लागि शेयर बजार घटाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको मौद्रिक समिक्षा गर्ने मिति नजिकिदै गर्दा आफ्ना माग सुनुवाइको लागि दवाव दिन उनिहरुले बजार घटाएका हुन् ।

दशै लगत्तै नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षा मार्फत ४/१२ को सिमामा केहि संवोधन गर्ने हल्ला फिजाउदै बजार बढाएका तिनै ठुला लगानीकर्ताले समिक्षा अवधि नजिकिदै गर्दा शेयर बिक्री गरेर बजार तल झारेका हुन् । उनिहरुले यस अवधिमा राम्रो पैसा कमाएका छन् । तर साना लगानीकर्ताहरु भने उनिहरुको जालमा फसेका छन् ।

Prabhu
Crest

तिहार विदा पछि खुलेको शेयर बजारमा १७० अंकको पहिरो गएको छ । दशै विदा पछि ३४३ अंकले सुधारिएको शेयर बजारमा तिहार विदा पछि १६७ अंकले करेक्सन भएको छ । अहिलेको करेक्सनमा तिनै ठुला लगानीकर्ताले नाफा बुक गरेका हुन् ।

दशै विदा पछि प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त सँग आगामी चुनावको विषयमा छलफल गरेको समाचारले शेयर बजार सुधार भएको थियो । यस अवधिमा सरकारले चुनावको तयारी गरेको तथा नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षामा शेयर धितोकर्जाको ४/१२ करोडको सिमामा परिवर्तन गर्ने हल्ला मच्याइएको थियो । तर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रममा यो व्यवस्था साना लगानीकर्ताहरुको हितमा रहेको भन्दै मन्तव्य दिएका थिए ।

उनको यस भनाइ पछि ठुला लगानीकर्ता केहि हच्किएका हुन् । यदि राष्ट्र बैंकले उक्त व्यवस्थामा केहि पनि संवोधन गरेन भने बजारमा अझ ठुलो असर गर्छ भन्ने विश्लेषण सहित तिहार विदा पछि शेयर बजार लगातार घटाइरहेका छन् । अर्को तर्फ शेयर बजार धेरै नै तल झर्यो भने चर्को विरोध हुने र गभर्नर अधिकारी दवावमा पर्ने लगानीकर्ताको बुझाइ छ । यसमा ब्रोकर तथा ठुला लगानीकर्ताको मिलेमतो देखिन्छ ।

तिहार अगाडी ब्रोकरहरुले आफु अनुकुलको व्यक्तिलाई धितोपत्र बोर्डमा पठाउने र बैंकलाई ब्रोकर लाइसेन्स तथा अन्य ब्रोकरलाई लाइसेन्स बाड्ने काम रोक्ने रणनीति बनाएका थिए । ब्रोकरहरुले नेपाल स्टक एक्सचेन्जका पुर्व महाप्रवन्धक सिताराम थपलियालाई अध्यक्षका लागि राजी पनि गराएका थिए । तर अहिलेसम्म पनि अध्यक्षको लागि थपलियाको आवेदन परेको छैन । ब्रोकरहरुले आफु अनुकुलको व्यक्ति अध्यक्ष नबन्ने छनक पाए सँगै शेयर बजार घटाउन अदृश्य रुपमा लेख्न सुरु गरेका छन् । यस अवधिमा उनिहरुले आफु निकटलाई नयाँ शेयर नकिन्न सुझाव दिनेदेखि लिएर कोल्याट्रल थप्न समेत आनाकानी गर्दै आइरहेका छन् ।

यदि धितोपत्र बोर्ड र नेप्सेमा ब्रोकर अनुकुलको व्यक्ति आएमा बजार सुधार गर्न र आफ्नो प्रतिकुलको व्यक्ति नियुक्त भएमा शेयर बजार घटाउनेसम्मको उनिहरुको रणनीति रहेको देखिन्छ । यसले गर्दा अन्य लगानीकर्ता अलमलमा छन् । पछिल्लो समय शेयर प्राविधिक तथा शैद्धान्तिक विश्लेषणले भन्दा पनि ब्रोकर तथा ठुला लगानीकर्ताको मनोविज्ञानका आधारमा चल्ने गरेको छ ।

आगामी साता के होला ?

आजसम्म बोर्डको अध्यक्षमा आवेदन दिन मिति रहेको छ । यदि सरकारले पैसा खाएर बोर्डको अध्यक्ष नियुक्त गर्यो भने आगामी सातादेखि शेयर बजारमा थप पहिरो जाने निश्चित छ । सरकारले पैसा उठाएर बनाएको अध्यक्षले कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स जारी गरेर पैसा उठाउने रणनीतिका साथ आउने छ । यस्तो भएमा अहिलेका ब्रोकरहरु रुष्ट हुने छन् । आफ्नो एकाधिकारलाई अन्य नयाँ ब्रोकरले बजार खोस्न आउने भएकाले केहि समय उनिहरुले बजार घटाउन ठुलो प्रयास गर्नेछन् । तर ब्रोकरले पैसा खुवाएर अध्यक्ष नियुक्ति हुने अवस्था रह्यो भने उनिहरुले शेयर बजारलाई अर्को नयाँ उचाइमा पुर्याउने निश्चित छ ।

शेयर बजारमा अर्को जोखिम नेपाल राष्ट्र बैंकको पहिलो त्रैमाशिक अवधिको मौद्रिक पनि हो । यदि राष्ट्र बैंकले ठुला लगानीकर्ताले भनेजस्तै शेयर धितोकर्जामा लगाइएको ४/१२ करोडको सिमामा केहि संसोधन गरिदियो भने शेयर बजार सुधार हुने निश्चित छ । तर गभर्नर अधिकारीले ठुला लगानीकर्ताको भनाइ नसुनी उक्त व्यवस्थालाई निरन्तरता दिए भने मात्रै पनि बजार थप तल झर्ने निश्चित छ । यहि अवधिमा यदि सरकारले चुनावका विषयमा केहि छलफल तथा निर्णय गर्यो भने शेयर बजार सुधार हुने अवस्था रहन्छ ।

यो अवधि कुनै प्रावधिक तथा शैद्धान्तिक विश्लेषले भन्दा धेरै सम्बन्धित निकायको एक्सनले बढि प्रभावित हुने भएकाले कसैले पनि बजारले कुन गति लिन सक्छ भनेर एकिनका साथ भन्न सक्ने अवस्था छैन । तर नेपाल राष्ट्र बैंकको आन्तरिक तयारी, नेपाल सरकारको चुनावका विषयमा हुने छलफलको सूचना र धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रकृयाँ बुझ्ने व्यक्तिले राम्रो पैसा कमाउन सक्ने देखिन्छ । यदि माथिका कुराहरुमा राम्रो सूचना हुने व्यक्ति तथा समुह छन् भने उनिहरुले त्यहि अनुसार लगानी गरेर प्रतिफल लिन सक्छन् ।

यो अवधिमा बजार बढ्न र घट्दा दुबै अवस्थामा फाइदा लिन सकिन्छ । बजार घट्ने खालका सूचना पाएमा बिक्री गरेर र बजार बढ्ने खालको सूचना पाउदा शेयर खरिद गरेर फाइदा लिन सकिन्छ ।  शेयर बजार वियरिस तथा बुलिस कुनै पनि मुडमा छैन । बजार स्थिर छ । कम्पनीका सूचनाहरुले अवका दिनमा लगभग  काम गर्दैन । कुन कम्पनीले कति लाभांश दिन सक्छ लगभग सबैलाई थाहा भइसकेको छ । कम्पनीहरुले बजार प्रभावित पार्ने खालका कुनै पनि निर्णय गर्ने अवस्था छैन । त्यसैले गर्दा यो अवस्थामा सरकारी निर्णयहरु बजारमा हाबी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS