IME Life New

स्वरोजगार लघुवित्तको नाफा ३९ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आथिृक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले खुद ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १२९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा १० करोड ३५ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

Esewa
Crest

४१ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ८७ लाख ४४ हजार सञ्चित गरेको रहेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब २ करोड ३३ लाख सापटि लिएर,२ अर्ब ७४ करोड ४ लाख निक्षेप संकलन गरी ६ अर्ब ३८ करोड ७३ लाख कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS