IME Life New

हिसानको चौथो उपत्यका व्यापी खेलकुद सप्ताह सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

उच्च शिक्षा तथा माध्यमिक विद्यालयहरूको संगढन “हिसान” ले बषर्नि आयोजना गर्न खेलकुद सप्ताह यस वर्ष माघ २४ देखि २८ सम्म सञ्चालन गर्ने भएको छ । उयत्यकामा उच्च शिक्षा उपल्वध गराउन सञ्चालित कलेजहरूका एक हजार छात्रा,छात्रहरूको उक्त खेलकुद महोत्सवमा सहभागिता रहने छ ।

Esewa
Crest

यस खेल सप्ताहमा बास्केटबल, भलिबल, टेबल टेनिस, लगायत १० विधामा प्रतिस्पर्धा गराइने छ । विद्यार्थीमा बौधिक क्षमता विकासका लागि हाजिरी जवाफ, कविता र वकतृत्वकलाको प्रतिशपर्थालाई समेत समावेश गराइएको छ ।

पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले यस प्रकारको खेल सप्तााहको आयोजनाले विध्थार्थिको अतिरिक्त क्रियाकलापमा प्रत्यक्ष योगदान पुग्ने जनाएका छन् ।

प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन भई भविष्यमा खेल मार्फत नेपालको नाम विश्वमा चिनाउन सहयोग पुग्ने हिसानले विश्वास लिएको छ । सप्ताह व्यायापी यो प्रतियोगिता काठामाण्डौंका विभिन्न ७ विद्यालयमा सम्मपन हुने जानकारी गराइएको छ ।

उक्त र्कायक्रमको विशेष आकर्षणको रूपमा काठामाण्डौं गोल्डेन क्रिकेट टिमलाई सार्वजनिक गरिएको थियो । गोल्डेन गेट कलेज द्धारा प्रर्व्दित काठामाण्डौं गोल्डेन टिममा १२ राष्ट्रिय स्तरका खेलाडी समेटिएको जनाइएको छ ।

यस टिममा राष्ट्रिय क्रिकेट खेलाडी टोलीका उप–कप्तान राजेन्द्र« मल्ल, अनिल शाह र ललित राववंशीले सहभागिता जनाएका छन् । त्यस टिममा यस अघिका यु–१६ प्रतिशपर्था खेलेका सूर्य तामाङलाई ल्याइएको छ ।

अन्य खेलाडीहरू यु–१९ खेलेका खेलाडीहरू सहित पूर्ण व्यवसायीक टिमले अन्तरदेशिय क्रिकेट प्रतियोगीतामा आफ्नो क्षमता प्रस्तुत गर्न जनाइएको छ । आगामी महिनामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा विराटनगर किङस, भैरहवा, धनगढी स्टार र अतरिया बिच खेल हुने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS