Connect IPS
IME Life

गुराँस लघुवित्तको साधारण सभा सम्पन्न, ४ संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७ दशमलव ७८ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै आर्थिक वर्ष ७७/७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आर्थिक वर्ष ७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित भएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष ७८/७९का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ । उक्त साधारण सभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

२०७३ कार्तिक २२ गते स्थापित संस्थाको छैठौं स्थापना दिवसका दिन सम्पन्न उक्त साधारण सभामा सहभागी शेयरधनी महानुभावहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS