IME Life New

प्रदेश १ मा कर्जाको ठूलो हिस्सा सेवा क्षेत्रमा लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाको कूल कर्जा प्रवाहको ठूलो हिस्सा ‌सेवा क्षेत्रमा लगानी भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक स्थितिको प्रतिवेदन अनुसार प्रदेश १ मा आ.व. २०७७/२०७८ मा असार मसान्तसम्ममा प्रदेश १ का बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ५९.७ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको पुनरकर्जा रु.९ अर्ब ५१ करोडले वृद्धि भई रु . १० अर्ब३७ करोड पुगेको छ । २०७७ असार मसान्तमा यस्तो कर्जा रु।८६ करोड रहेको थियो ।

Esewa
Crest

कर्जा निक्षेप अनुपात १३८ प्रतिशत नाघ्यो
२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २६.४ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ८० अर्ब पुगेको छ । २०७८ असार मसान्तमा प्रदेश नं। १ को कर्जा निक्षेप–अनुपात १३८.७ प्रतिशत पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप २४.४ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ४६ अर्ब ५० करोड पुगेको छ ।समीक्षा वर्षमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका थप १३४ वटा शाखा विस्तार भएका छन्।

पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित
कोरोना महामारीको कारण सबैभन्दा ठूलो असर पर्यटन व्यवसायमा परेको छ। एक वर्षको अवधिमा पर्यटक आगमन संख्या ५९.७ प्रतिशतले घटेको छ। तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी ९२.४ प्रतिशतले घटेको छ ।

घरजग्गा रजिष्ट्रेशन बढ्यो
आर्थिक वर्ष २०७६/७७ को तुलनामा आ।व। २०७७/७८ मा यस प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या ३६.४ प्रतिशतले बढेको छ । त्यसैगरी, घररभवन नक्सा पास संख्या ३.६ प्रतिशतले बढको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS