IME Life

परम्परागत जात्रामा उत्पन्न हुने जोखीम कम गर्न बीमा जरुरी :चिरीबाबु महर्जन , मेयर , ललितपुर महानगरपालिका

SPIL
NIC ASIA


रिना खत्री:

ललितपुरका स्थानियवासीहरुले मछिन्द्रनाथको जात्रालाई निकै ठूलो पर्वको रुपमा हर्षोउल्लासका साथ मनाउने गर्दछन् । उक्त पर्वमा रथ बनाउदाँ वा रथ तान्ने समयमा जोखिमहरु धेरै हुने भएको कारण यसमा बीमा गनुपर्छ भन्ने धारणा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको  रहेको छ । उनी २०५९ सालमा ज्यापु समाजको अध्यक्ष भएको समयमा बीमा गराएका थिए ।

Prabhu
Crest

उक्त मछिन्द्रनाथको रथ निमार्णमा कुनै किल्ला , काटि एवं पेज कस्न र मोसिनरी वस्तुको प्रयोग नगरिकन परम्परागत शैलीमा उक्त रथको निमार्ण सम्पन्न गरिएको हुन्छ ।

ज्याँपू समाजका अध्यक्ष भएको समयमा , उनले मछिन्द्रनाथ जात्रामा हुने जोखिम कम गर्नको लागि बीमा गराएका थिए ।

उनी २०५९ सालमा ललितपुर ज्याँपू समाजको अध्यक्ष भएको समयमा  पाटनको सुन्धारामा रथ पल्टिएको थियो । उक्त रथ ढल्दा मानिसहरु दुघर्टना परेको  थियो र उनले उक्त क्षतीलाई बीमाले कभर गर्नुपर्छ भने बिषयमा सोच बनाएका थिए ।  उक्त समयमा उनले यसमा कस्तो खालको बीमा योजना लिदाँ ठिक हुन्छ होला भनेर सोच बनाएका थिए ।

उक्त समयमा बीमा कम्पनीहरु पनि थोरै नै रहेका  थिए  । उनले राष्ट्रिय बीमा संस्थानमा पनि यस बिषयमा कुरा नराखेका पनि हैनन् । तर उनको यस्तो प्रस्तावलाई संस्थानले  सहज रुपमा नरहेको  उनले बताए  ।

त्यस पश्चात् बीमा समितिको अधिकारी सँग पनि उनले कुरा गरेका थिए । उक्त समयमा उनले बीमा गर्नको लागि रथ बनाउने नेवारी समुदायका व्यक्तिहरुसँग र विज्ञहरु सँग त्यो समयमा रथ बनाउँदा देखि नबिगर्दा सम्मको अबधिमा  बीमा गराउन सफल भएका थिए ।

रथ निमार्ण गर्नु मात्र नभईकन लामो समयसम्म जात्रा हुने भएको कारणले गर्दा विविध जोखीमहरु पनि यसमा रहेको पाईन्छ । रथ तान्ने क्रममा होस् वा उक्त समयमा हुने जात्रामा सहभागी हुने धेरै जनाको  दुर्घटना वा अन्य जोखीममा पर्ने भएको कारणले गर्दा बीमा गराउन उनले कोशीस गराएका थिए ।

ललितपुर लगाएत काठमाडौ र भक्तपुरमा पनि निकै ठूलो जात्रा हुने गरेको पाईन्छ  । यस्ता जात्रामा जोखिमहरु धेरै नै हुने भएको कारणले गर्दा बीमा निकै जरुरी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS