IME Life New

मालिका गाउँपालिका र बेलबारीमा “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्तिक १५ गते एकै दिन विभिन्न तिन स्थानमा युवा संग महालक्ष्मी लाईफ, बीमा जागरण कार्यक्रम संचालन गरेको छ । मोरङको बेलबारी स्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा संचालित कार्यक्रममा २३ जना अपांङ युवा हरुको सहभागिता रहेको थियो । अपाङ सेवा संघका अध्यक्ष भोज  बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी मेनेजर तथा बीमा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेल, एजेन्सी मेनेजर तथा जिल्ला संयोजक खड्ग नारायण उरावले बीमा जागरणको महत्व बारेमा मन्तव्य राखेका थिए । कम्पनीका उपक्षेत्रिय प्रमुख हिरा निरौलाले तालिम दिनु भएको थियो । कार्यक्रममा नेत्रहिन संघ मोरङका कोषाध्यक्ष संतोष कुमार पंडित तथा शारिरिक अपांग संघ मोरङका उपाध्यक्ष दिनेश कोइरालाको समेत उपस्थिति रहेको थियो ।

Esewa
Crest

म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. ७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टु का विद्यार्थीहरुलाई “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रममा सहभागि गराइयो । शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षतामा संचालित बीमा जागरण कार्यक्रममा ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। कम्पनीका कर्मचारी सुनिल पुनले संचालन गरेको कार्यक्रममा शिक्षक केशव शर्माले स्वागत मन्तव्य तथा सर्मिला पुन, विमला लामगादे, कसम सुनार र अभियानका जिल्ला सदस्य निशा गर्वुजाले मन्तव्य राखेका थिए । सहभागि विद्यार्थीहरुलाई कम्पनीका क्षेत्रिय  प्रमुख जमुना आचार्यले तालिम प्रदान गरेका थिए ।

त्यसै गरी सोही दिन दिउसो किसानी मा.वि. प्राविधिक शिक्षालयमा पनि युवा संग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरियो । प्राविधिक क्षेत्रका ८२ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सोही विद्यालयका संयोजक करण कडेलले गरेका थिए । स्वागत मन्तव्य प्रशिक्षक प्रसन्न पोखरेलले गर्नु भएको कार्यक्रममा करण कडेल, टुकमान तोगी, विद्यार्थीहरु सुस्मिता दर्जी, रोशन पुन र अभियानका जिल्ला सदस्य निशा गर्वुजाले मन्तव्य राखेका थिए । कम्पनीका कर्मचारी सुनिल पुनले संचालन गरेको कार्यक्रमा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा बारेको तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS