IME Life New

भेरी नगरपालिकामा बीमा समिति, बीमा कम्पनीको शाखा खोल्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले भेरी नगरपालिकामा बीमा सम्बन्धि जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका उप निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल राज बानियाँ र राम कोजुले स्थानीय निकायका जनप्रतिनिधि तथा सरोकारावलाहरु सँग छलफल तथा अन्तर्क्रिया गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा नगरपालिकाका उप मेयर भावना भण्डारी, सम्पुर्ण वडाका वडा अध्यक्ष, प्रशासकिय अधिकृत, उद्योगी, व्यवसायी, शिक्षक, बीमा कम्पनीका शाखा प्रमुखहरु, कृषक लगायत ९५ भन्दा धेरैको सहभागिता थियो । सहभागीहरुले यस क्षेत्रमा बीमा कम्पनीको शाखा कार्यलाय अपुग भएको भन्दै शाखा कार्यलाय खोल्नको लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

सहभागिहरुमा कृषि, पशुपन्छी तथा जीवन बीमाको वारेमा राम्रो जानकारी भएको पाइएको छ । यहाँको भुभाग धेरै ठुलो रहेको तर एउटा मात्रै निर्जीवन बीमा कम्पनीको शाखा रहेकोले सेवा लिन ग्राह्रो परेको भन्दै उनिहरुले थप बीमा कम्पनीहरुलाई पनि शाखा खोलिदिनका लागि समिति समक्ष माग राखेका हुन् ।

जनप्रतिनिधिहरुले स्थानीय निकायले बीमालाई आफ्नो सेवामा जोडेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अन्य क्षेत्रमा जस्तै यहाँ पनि सहभागीहरुले बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गर्ने गरेको समस्या सुनाएका छन् ।

स्वास्थ्य बीमा बोर्डले गराउदै आएको स्वास्थ्य बीमा अपुग भएको भन्दै उनिहरुले निर्जीवन बीमा कम्पनीहरु मार्फत स्वास्थ्य बीमा गर्दा के कस्तो सेवा सुविधा र कभरेज हुने भन्दै समितिलाई प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS