Connect IPS
IME Life

पोखरा फाइनान्सको नाफा ५६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको भन्दा ५६ दशमलव ०८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १२ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ८ करोड ५ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्ष ७ करोड ५३ लाखभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष १० करोड २२ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।

Prabhu
Crest

९६ करोड ३१ लाख ४५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ८ करोड ३८ लाख ८५ हजार रहेको छ । जगेडा कोषमा ३० करोड ९४ लाखभन्दा बढी संचिती रहेको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन १ दशमलव २४ प्रतिशत बृद्धि भई ९ अर्ब ९ करोडभन्दा बढी भएको छ भने कर्जा प्रवाह १६ दशमलव ४७ प्रतिशत बृद्धि भई ६ अर्ब ८१ करोडभन्दा बढी भएको छ ।

कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ८७ प्रतिशतदेखि बढेर २ दशमलव शून्य ७ पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS