काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कार्तिक १२ गते साँझ ७ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट ५ करोड ६३ लाख ७४ हजार ३ सय ६ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।
संस्थाको हालको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।