IME Life New

एशियन लाईफ इन्स्योरेन्सको धादिङ शाखा उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४३ औं शाखाको रुपमा मिति २०७८/०७/११ गतेदेखि संचालनमा ल्याएको छ ।

यस कम्पनीको संचालक समितिका अध्यक्ष  दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको घरदैलोसम्म सहजरुपमा जीवन बीमा सेवा पु¥याउने रणनीति अनुरुप कम्पनीले शाखा संजाल बिस्तार गरिरहेको बताए ।

Esewa
Crest

उद्घाटन कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत  दिनेश लाल श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, सहायक महाप्रबन्धक  लोकराज जोशी, क्लष्टर प्रमुख  ध्रुवराज लामिछाने, धादिङ शाखा प्रबन्धक प्रकाश ढुंगानाको साथै जीवन बीमा अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

यस कम्पनीको कूल ४३ वटा शाखा र १०५ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८/७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब रु.२७ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले आ.व.२०७८/७९ को असोज मसान्तसम्ममा रु.१ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ |

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS