Connect IPS
IME Life

आजदेखि दुई कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । मन्जुश्री फाइनान्स कम्पनीको ९२ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।

मन्जुश्री फाइनान्सका शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ र ज्योति विकास बैंकको मूल्य १५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

दुवै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र कात्तिक २२ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीहरुले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS