काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको मुनाफा १५० प्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाशिक अवधिमा १६ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत आर्थिक वर्षको यहि अवधिमा जम्मा ६ करोड ४९ लाख रुपैयाँ मात्रै थियो ।
यस अवधिमा संस्थाले निक्षेप तथा बरोइङमा पनि राम्रै सुधार गरेको छ । बरोइङ १०१ प्रतिशतले बढाउदै २० अर्ब रुपैयाँ संकलन गरेको छ भने निक्षेप २२६ प्रतिशतले बढाउदै तीन अर्ब १९ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । त्यस्तै कर्जा विस्तार पनि १८६ प्रतिशतले बढाउदै २२ अर्ब तीन करोड रुपैयाँ लगानी गरेको छ ।
कर्जा विस्तार सँगै खुद व्याजद आम्दानी ७० करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । खराव कर्जा भने बढेर १.५५ प्रतिशत पुगेको छ । नाफामा सुधार सँगै १७ रुपैयाँको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ पुगेको छ ।