Connect IPS
IME Life

नेपाल बंगालदेश बैंकले मंसिर २ गते डाक्यो साधारणसभा, ६ सञ्चालकको निर्वाचन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेश बैंकले मंसिर २ गते २७ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकले केन्द्रिय कार्यलायमा अनलाइन माध्यमबाट साधारणसभा गर्ने भएको हो । बंगलादेशको आईएफआईसी बैंक बाहिरिए सँगै बैंकले सर्वसाधारण समुहबाट तीन जना र संस्थापक समुहबाट तीन जना सहित ६ सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सहित अहिले प्रस्तावित बोनश शेयर पनि बिक्री गरेर बाहिरिदै छ । साधारणसभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ । बैंकले एकमुष्ठ रुपमा ४ करोड १२ लाख ४६ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिनेछ । साधासभाले बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.५० प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ ।

Prabhu
Crest

बैंकले प्रस्ताव गरेको लाभांश कार्तिक १४ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन् । साधारणसभा प्रयोजनका लागि कार्तिक १५ गते एक दिन बुक क्लोज हुने छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS