IME Life New

एलआईसी नेपालले उत्कृष्ट कार्य सम्पादन गर्ने ३०० जना अभिकर्तालाई गर्यो सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले २०१८ मा उत्कृष्ट कार्य सम्पादन मार्फत तोकिए बमोजिमको मापदण्ड पुरा गरी कम्पनीबाट एमडीआरटी र विमा रत्न बन्न सफल ३०० जना अभिकर्ताहरुलाई पोखरामा सम्मान गरेको छ ।

एमडीआरटी भनेको व्यवसायिक बीमा अभिकर्ताहरुको लागि वनेको अन्तराष्ट्रिय मञ्च हो । जसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकामा रहेको छ । एमडीआरटी संस्थाले तोकेको न्यू विजनेश सम्पादन गर्ने अभिकर्तालाई एमडीआरटी को सदस्य बन्ने अवसर प्रदान गर्दछ । गत वर्ष यो योग्यता पुग्न ४० लाख २७ ५०० सय रकम भन्दा बढी न्यू विजनेश बीमा शुल्क निर्धारण गरेको थियो ।
उक्त कार्यक्रममा एलआईसी नेपालका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले अभिकर्ताहरुलाई शिल्ड तथा प्रशंसा पत्रबाट सम्मान गरको थियो । दासले सम्मानित अभिकर्ताहरु नै कम्पनीको प्रगतिका लागि वास्तविक आधार स्तम्भ भएको र अभिकर्ताहरु अनुशासित, इमान्दार, दक्ष र व्यवसायिक बनेर काम गर्नु पर्ने बताएका छन् । कार्यक्रममा प्रशीक्षणको रुपमा कम्पनीका नायब महाप्रबन्धक अभिजितघोष दस्तिदारले अभिकर्ताहरुलाई प्रशिक्षण गराएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS