IME Life New

नेपाल सेवा र विन लघुवित्तको एकिकृत कारोबार कार्तिक १५ गतेबाट सुरु हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लघुवित्तको एकिकृत कारोबार कार्तिक १५ गतेबाट सुरु गर्ने भएका छन् । नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई गाभेपछि विन नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।

साविकको इजाजतपत्र प्राप्त नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी गाभेपश्चात् कार्तिक १५ गते सोमबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा “विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्न लागिएको जनाएको छ ।

Esewa
Crest

दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो । २ संस्था १००ः७५ को स्वाप रेसियोमा मर्ज भएका हुन् ।

एकिकृत कारोबारपछि संस्थाको अधिकृत पूँजी २० करोड, र जारी पूँजी तथा चुक्ता पूँजी ७ करोड ७१ लाख ३७ हजार ५ सय रहने संस्थाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS