काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात व्यवस्थापन नगरेको भन्दै नेपाल राष्ट्र बैंकले तीन बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हिमालन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई कारबाही गरेको हो ।
विभागले हिमालयन बैंकका राणालाई दुई पटक कारबाही गरेको छ । राष्ट्र बैंकले राणालाई पहिलो पटक १७ हजार १२२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८९९ रुपैयाँको जरिवाना तिराएको छ । त्यस्तै प्रभुका शेरचनलाई पनि राष्ट्र बैंकले ३५ हजार ६९५ रुपैयाँ र बंगलादेशका ढुङ्गानालाई ३० हजार ३२४ रुपैयाँको जरिवाना सहित कारबाही गरेको हो ।