Connect IPS
IME Life

दुई कम्पनीको बोनश शेयरपछिको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आज सोमवार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले कुमारी बैंकको ६ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोज गरी २६४ रुपैयाँ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य २८० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Prabhu
Crest

कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ दशमलव ९०६४ प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन गरी शेयरमूल्य १ हजार ३४८ तोकेको छ । कम्पनीको आइतवार १ हजार ५७६ रुपैयाँ अन्तिम कारोबारको आधारमा मुल्य समायोजन गरेको हो ।

गुराँस लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS