काठमाडौं । सिद्धार्थ बैंक कोष प्रबद्र्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ व्यवस्थित लगानी योजना ( सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम) को इकाई आजबाट खरिद बिक्रि गर्न सकिने भएको छ । एक सुचना जारी गर्दै क्यापिटलले यस्तो जनाएको हो ।
आज आइतबारदेखि सिद्धार्थ क्यापिटलको नारायणचौर, नक्साल स्थित कार्यालयबाट इकाई खरीदरबिक्री गर्न सकिने जनाएको छ । क्यापिटलले हरेक साताको आईतबारदेखि बिहीबारसम्मः बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद बिक्रिको लागि काउन्टर खुल्ला हुने जनाएको हो ।
त्यस्तै, शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन यस योजनाका इकाईहरु खरीदरबिक्री बन्द रहने समेत क्यापिटलले यही सुचना मार्फत जानकारी दिएको छ ।