IME Life New

एशियन लाईफ स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्सको स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन आज बत्तिसपुतलीस्थित होटल तपसमा सम्पन्न भएको छ। अधिवेशनले हिरालाल श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ। ७ प्रदेशका प्रदेश उपाध्यक्ष पदमा क्रमश: सरस्वती थापा,‌परमानन्द चौधरी, राजीव शर्मा, दिपेन्द्र पंडित, बसन्त भुषाल, तीर्थ चौधरी र दिपेश प्रसाद देवकोटा चयन भएका छन्।

त्यसैगरी नवनिर्वाचित कार्य समितिको महासचिव सदन विक्रम लामिछाने, कोषाध्यक्ष रश्मी तामाङ,सचिव प्रसंग रेग्मी, सह कोषाध्यक्ष सन्तोष दाहाल, सदस्य लोकेन्द्र भट्ट, प्रदिप खनाल, विनिता मानन्धर रहेका छन्।

Esewa
Crest

नव निर्वाचित कार्य समितिलाई कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी युनियनको अध्यक्ष पदमराज रेग्मी, स्वतन्त्र कर्मचारी युनियनको निवर्तमान अध्यक्ष सुनिल कुमार पोखरेल, बीमा समिति कर्मचारी युनियनको अध्यक्ष पूर्ण बहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS