काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ प्राप्त गरेको छ । ग्लोबल एसएमई फाइनान्स अवार्ड प्राप्त हुँदा गौरव महसुस भएको बैंकले जनाएको छ । साना तथा लघु उद्यमहरुमा बैंकले गरेको लगानीको प्रोत्साहन स्वरुप बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
अवार्डका लागि संसारभरका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । त्यस मध्येमा नेपालबाट मुक्तिनाथ विकास बैंक पनि समावेश भएको थियो ।
मुक्तिनाथ विकास बैंकले साना र लघु क्षेत्रमा गरेको लगानीलाई सम्मान गर्दैै एसएमई फाइनान्स फोरमले बैंकलाई यो अवार्ड प्रदान गरेको हो ।बैंकले यस अगाडि २०२० मा युरोपियन माइक्रोफाइनान्स अवार्डसमेत प्राप्त गरिसकेको छ ।