IME Life New

निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कमिशन बापत कमाए तीन अर्ब ९७ करोड, कुनको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिशन बापत तीन अर्ब ९७ करोड रुपैयाँ कमाएका छन् । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो जोखिम पुनर्बीमा कम्पनीहरुमा हस्तान्तरण गर्दा पुनर्बीमा कम्पनीहरुले कमिशन दिने गर्छन् । बीमा कम्पनीहरुले आफुले बहन गरेको सम्पुर्ण जोखिम बहन गर्न सक्दैनन् । आफुले बहन गर्न सक्ने जोखिम राखेर सम्पुर्ण जोखिम पुनर्बीमा कम्पनीहरुमा हस्तान्तरण गर्छन् ।
यस बापत कम्पनीहरुलाई ठुलो रकम भुक्तानी गर्नु पर्छ । उक्त रकम मध्येकै केहि रकम कमिशन बापत कम्पनीहरुले प्राप्त गर्छन् । जुन कम्पनीहरुको आयस्रोत बन्ने गर्छ । पुनर्बीमा कम्पनीहरुले व्यवसाय दिए बापत कम्पनीका उच्च व्यवस्थापनलाई घुम्न लैजाने तथा विभिन्न उपहार समेत दिने गर्छन् ।

नेपालमा हाल दुई वटा पुनर्बीमा कम्पनी रहेका छन् । नेपालका पुनर्बीमा कम्पनीहरुले पनि कमिशन भने दिनु पर्छ । तर नेपाली कम्पनीहरुले उच्च व्यवस्थापनहरुलाई घुम्न लैजाने तथा विभिन्न उपहार दिने प्रचलन छैन । एक त सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी त्यसमा पनि डाइरेक्सेसन मार्फत व्यवसाय भित्रिन्छ । तर अहिले निजी स्तरबाट हिमालयन रि इन्स्योरेन्स कम्पनी स्थापना भएको छ । यस कम्पनीले भने बीमा कम्पनीहरुका उच्च व्यवस्थापनलाई लोभ्याउन सक्छ ।

Esewa
Crest

गत आर्थिक वर्षमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कमिशन बापत ६० करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३५ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ ।

अन्य कम्पनीहरुले क्रमश सगरमाथा ३२ करोड ८ लाख रुपैयाँ, एनलएजी इन्स्योरेन्सले ३१ करोड ९८ लाख रुपैयाँ, आइएमई जनरलले २३ करोड ६३ लाख, प्रिमियर २१ करोड ८६ लाख, प्रभु इन्स्योरेन्स २० करोड ४४ लाख, नेको इन्स्योरेन्स २० करोड ३० लाख, अजोड १९ करोड ३ लाख, लुम्बिनी जनरल १८ करोड ३० लाख, राष्ट्रिय बीमा कम्पनी १७ करोड ६९ लाख, नेपाल इन्स्योरेन्स १६ करोड २२ लाख, सानिमा जनरल १२ करोड ८६ लाख, युनाइटेड १२ करोड ६१ लाख, जनरल इन्स्योरेन्स १२ करोड ३ लाख, हिमालयन ११ करोड ४८ लाख, प्रुडेन्सियल ११ करोड एक लाख, एभरेष्ट इन्स्योरेन्स १० करोड ९८ लाख, ओरिएण्टल ५ करोड १३ लाख र नेशनल इन्स्योरेन्सले ४ करोड रुपैयाँ आर्जन गरेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS