काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
पूँजीको १० प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजन सहितको लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।