काठमाडौं । नेरुडे लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजारको २१ दशमलव ४८ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.१३०९२६ प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा गरि कुल २२ दशमलव ६१८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।