IME Life New

मेट लाइफद्वारा उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ नेपालले वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरि आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले उद्घोष गरेका हुन् ।

ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेट लाइफ नेपाल गत वर्ष देखि नै सबै ग्राहकवर्गहरुलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित हुँदै आएको छ । कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रीमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बीमा कम्पनी हो । उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ जसको प्रयोग गरि एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरुले जहाँपनि जुनसुकै ठाउँमा पनि ग्राहकहरुलाई एक सहज र फरक किसिमको अनबोर्डिङ्ग अनुभव दिलाउन सक्षम रहने कम्पनीले जनाएको छ ।

Esewa
Crest

कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन् – “अहिलेको विषम् परिस्थितिमा हाम्रा अभिकर्ताहरुको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महिनामा ग्राहकहरुलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्घता प्रति निकै नै गर्वावन्वित भएका छौं । मेट लाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकहरुको जीवन यात्राको प्रत्येक चरणका आवश्यकताहरुलाई पूरा गर्न आफ्ना अभिकर्ताहरुको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ ।”

कार्यक्रममा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थिति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS