IME Life New

एलआइसीले दियो मृतकको परिवारलाई १२ लाख ३९ हजार रुपैयाँ दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । बीमा वापतको दाबी रकम मृतकका श्रीमान गिर बहादुर मगरलाई बिमाङ्क बापत ६ लाख, दुर्घटना बापत ६ लाख र सो अबधिको आर्जित बोनश सहित जम्मा १२ लाख ३९ हजार ६ सयको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

करिब तिन महिना अधि धादिङ जिल्ला ज्वालामुखी गाउपालिका वडा न ४ निवासी निर्मला तामाङले एलआइसिीको धादिङ शाखा बाट ६ लाख बराबरको जीवन बीमामा पोलिसी लिएकी थिइन्। पहिलो किस्ता बापत जम्मा ४९६२० बुझाएकि निर्मला २०७८ असारको १३ गते सामान्य किनमेलको लागि धादिङबेसि बाट बजार गरेर घर फर्कने क्रममा धाइते भएकी थिइन् । सोही क्रममा उनको मृत्यु भयो ।

Esewa
Crest

एलआइसी धादिङ शाखाका शाखाप्रमुख नरेन्द्र बिष्ट, एजेन्सी मेनेजर दोय बेधनिधि पाठक तथा राजकुमार तिमिल्सिनाको उपस्थितमा मृतकको घरमै पुगेर उक्त चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख नरेन्द्र बिष्टले मृत्यु जहिले दुःखद हुने तर सत्य भएकाले यस बाट हुनसक्ने आर्थिक क्षेती न्यूनीकरण गर्न सबैले बिमा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS