काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल ‘क्राइम फाइलस’ को मुख्य प्रयोजक बनेको छ । उक्त उक्त कार्यक्रम कात्तिकदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने आयोजकले जानकारी दिएको छ। क्राइम फाइल’ सँग सह–प्रायोजकका लागि सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयलले सम्झौता गरेका छन्।
उक्त कार्यक्रम नेपालभित्रै भएका विभिन्न किसिमका आपराधिक घटनाका नाट्य रुपान्तरण रहेको क्राइम फाइल्सले जनाएको छ । उक्त कार्यक्रम निर्माणका लागि नेपाल प्रहरीको पनि सहयोग समेत रहेको छ ।
कार्यक्रममा प्रस्तुत गरिएको घटना नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटनामध्ये न्यायको दृष्टिबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथा समेटेर निर्माण गरिएको बताइएको छ ।