IME Life New

बैंक अफ काठमाण्डू र आइएमएसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएसबीच सम्झौता भएको छ । आइएमएससँग सम्झौता गरी बैंकले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा शून्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन, स्मार्ट वाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने योजना ल्याएको हो ।

पर्वको वहार, बीओकेको उपहार नारासहित ल्याइएको योजनामा बैंकका क्रेडिट कार्डवाहकले सामसुङ ब्रान्डका स्मार्ट फोन, स्मार्ट वाच र ट्याबलेटस् बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् ।

Esewa
Crest

योजनाका लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिन अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् । सरल किस्ताबन्दी योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरकोे सुविधा, बीओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवाशुल्क नलाग्नेलगायत सुविधा पाउने सक्ने बैंकले बताएको छ ।

हाल आईएमएस नेपाल प्रालिका काठमाडौंमा ६ स्थानसहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक सोरुम छन् ।

त्यसैगरी बैंकले हाल ९० शाखा, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS