IME Life New

सनराइज बैंकद्धारा बाल मन्दिरलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले बाल मन्दिरलाई सहयोग गरेको छ । बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिर नक्साललाई सहयोग गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष आउदै गरेको दशैंमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद एक लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

Esewa
Crest

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

साथै बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्यसामाग्री वितरण गरेको छ ।

असोज १६ गतेका दिन बैंकको वीरगंज शाखाको सहभागितामा भिश्व डाँडामा र आश्विन १७ गतेका दिन बैंकको लम्की शाखा, भजनी शाखा र टीकापुर शाखाको सहभागितामा टीकापुरको शिव मन्दिर सरसफाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS