IME Life New

राष्ट्रिय वाणिज्य बैंकद्धारा सात नयाँ शाखा विस्तार, कति पुग्यो कुल शाखा संख्या ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा मा बैंकले शाखा विस्तार गरेको हो ।

यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । अब बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ ।

Esewa
Crest

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरेका छन् ।

बेंकले सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS