काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पूँजी संरचना परिवर्तन गरेको छ । हाल कायम कम्पनीको संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा संस्थापक समुहको ७० प्रतिशत मध्ये १० प्रतिशत सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव आफ्नो १२ औं साधारण सभाबाट पारित गरिसकेको छ । सोही अनुरुप उक्त प्रस्ताव बीमा समितिले पनि पारित गरेको कम्पनीले एक सुचना जारी गर्दै बताएको छ ।
अब कम्पनीमा ६० प्रतिशत संस्थापक शेयर र ४० प्रतिशत सर्वसाधारण शेयर कायम भएको छ । त्यसकारण सो बमोजिम आफ्नो शेयर परिवर्तन गर्न नचाहाने वा गर्ने ईच्छा नभएमा सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीमा आइपुग्ने गरी लिखित जानकारी गराउन संस्थाक शेयरधनीलाई आग्रह गरेको छ ।