IME Life New

झापा दमकका रोहित दाहालले जन्मदिनमा पाए २० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवार र आफन्ताहरुलाई बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।

यसैक्रममा दमक ९, झापा निवासी इन्दिरा दाहालले आफ्नो श्रीमान रोहित कुमार दाहालको जन्मदिनको अवसरमा २० लाख रुपैयाँको आइएमई लाइफको धनवर्धन जिवन बिमा पोलिसी प्रदान गरेकी  छन् ।

Esewa
Crest

उक्त पोलिसी आइएमई लाइफ इन्स्योरेन्स  प्रदेश एकका सहायक प्रदेश प्रमुख ओम प्रकाश राई, दमक शाखा प्रमुख देवेन्द्र कोइराला लगायत अन्य अभिकर्ताहरुको उपस्थितिमा बर्थ डे केक काटेर हस्तान्तरण गरिएको थियो ।

निज रोहित कुमार दाहालले जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभुती राख्दै उपहारको लागी श्रीमतिलाई धन्यवाद दिएका थिए । साथै आइएमई लाइफमा जीवन बीमा गर्न अरुलाई प्रेरित गर्ने शाखा प्रमुख देवेन्द्र कोईराला लाई बचन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS