IME Life New

आजदेखि प्रभु बैंकको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि प्रभु बैंकले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । बैंकले ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Esewa
Crest

उक्त शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । असोज २५ गतेसम्म परेका बोलपत्र कात्तिक १ गते बिहान ११ बजे प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा खोलिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS