काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ७३ करोड १९ लाख रुपैयाँको १० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । असोज १५ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
संस्थाले प्रस्ताव गरेको ७ करोड ३१ लाख रुपैयाँ बोनश शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गरिने संस्थाले जनाएको छ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्ने छन् । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ८० करोड ५० लाख रुपैयाँ पुग्ने छ ।