काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बनेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नवनियुक्त सीईओ शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सो अवसरमा कम्पनीका निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले कम्पनीको वृद्धि विकासमा सदैव आफु सहयोग गर्न तयार रहने बताए ।