काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले बोर्डमा असोज ११ गते निवेदन दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।