IME Life New

“नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट नबिल बैंक दोस्रो पटक सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाौं । नबिल बैंक लगातार दोस्रो पटक एशियाली बिकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित भएको छ। एशियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा २०२१ का लागि नबिल बैकं लगातार दोस्रो पटक सम्मानित भएको हो।

यस अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो। एशियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ।

Esewa
Crest

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।

एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

हालसम्म नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS