बागलुङ । एलआइसी नेपालले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गत बैशाख १० गते हृदयघातबाट असमायीक निधन भएका पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ६ थामारजुङ स्थायी घर कुश्मा नगरपालिका वडा नं ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत केशब बहादुर केसीको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो ।
निजले सन २०११ मा एलआईसी नेपाल बागलुङ शाखाबाठ ५ लाख रुपैयाँको सावधिक जीवन बीमा खरीद गरेका थिए । ऋण सुवीधामा १ लाख रुपैयाँ समेत लिएका केसीको ऋण रकम कटाएर बाकी रकम ७ लाख २१ हजार २ सय ६० रुपैयाँ निजको निवासमा गई कम्पनीका शाखा प्रमुख नवराज सुवेदी तथा बरिष्ठ ऐजेन्सी म्यानेजर राममाया घिमिरेले बीमीतको हकवाला श्रीमती यामकुमारी केसीलाई हस्तान्तरण गरेको हो ।