IME Life New

उन्नति सहकार्य लघुवित्तद्धारा मृतक सदस्यको परिवारलाई बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रुपन्देही । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय भलूहीले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । तिलोत्तमा ११ स्थित उन्नति भूपु सैनिक ‘छ महिला’ समुहकी सदस्य मनकुमारी राना तथा देवदह १० स्थित उन्नति शान्तिटोल महिला समुहकी सदस्य ममता सार्कीको निधन भएपछि सदस्यले पाउने बीमा रकम हस्तान्तरण गरिएको हो ।

मृतकको छोरा राज राना तथा मृतकको श्रीमान् कूलबहादुर सार्कीलाई बीमा बापतको रकम क्रमश २ लाख ६० हजार रुपैयाँ, र १ लाख ३० हजार रुपैयाँ मात्र शाखा कार्यालय भलूहीको निमित्त शाखा प्रमूख शारदा थापा र अनुगमन अधिकृत केदार राज जोशीले प्रदान गरेका हुन् ।

Esewa
Crest

संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियमअनुसार सदस्यको काल गतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय ३० प्रतिशत क्षतिपुर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी क्षितिज ढकालले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS