IME Life New

सानिमा लाइफद्धारा दुई मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कोरोनाका कारण मृत्यु भएका एक र आत्महत्या गरेर मृत्यु भएका एक जना गरी दुई जनालाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

कम्पनीको इलाम शाखाले कोरानाले मृत्यु भएका इलाम नगरपालिकाका मनिषा तामाङ र आत्महत्या गरेर मृत्यु भएका इलाम नगरपालिकाकै कपिल मल्लिको परिवारलाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

Esewa
Crest

कम्पनीको उक्त शाखाले मृतक कपिल मल्लिकका श्रीमती रञ्जु डोमलाई ४२ हजार ६ सय ६६ रुपैंयाँ २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो भने मनिषा तामाङका श्रीमान कुमार तामाङ्गलाई २० लाख ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

उक्त रकम बराबरको चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवाले हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बरालले मानिसको भौतिक शरिर नभएपनि यस बिमा बापत प्राप्त रकमले भौतिक क्षती कम गर्न नसकेपनि यसले परिवारको आर्थिक भार माथिको भार कम गर्न राहात मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS