काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।
इच्छुक आवेदकले बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
असोज १३ गते बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र असोज १४ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडमा बोलपत्र खोल्ने जनाकारी गराएको हो । कम्पनीको वक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।